अपि सामुदायिक अध्यन केन्द्रद्वारा शुभकामना आदान प्रदान, ५ जना पत्रकार सम्मानित

मुख्य खवर समाचार

कञ्चनपुर– अपि सामाुदायिक अध्यन केन्द्र भिमदत्त नगरपालिका कार्य समितिकाे अायाेजनामा शुभकामना अादान प्रदान, परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ ।

शनिबार एक भव्य कार्यक्रमकाे अायाेजना गर्दे जिल्ला समन्वय समिति कञ्चनपुरकाे सभा कक्षमा अध्यन केन्द्रले नयाँ बर्ष २०७८ सालकाे शुभकामना अादान प्रदान, परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकाे हाे ।

अध्यन केन्द्रका भिमदत्त नगर कार्य समिति अध्यक्ष माेहन देव भट्टकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि सिटिई.भिटि. सुदूरपश्चिम प्रदेशका प्रमुख कुस्माकर भट्ट रहनु भएकाे थियाे ।

भने विशिष्ट अतिथिमा नेपाली काँग्रेसका नेता गाेपाल गुरूङ, शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिह धामि,सामाजिक मन्त्रायलका पुर्व सचिव बिष्णु सिह विष्ट, अपि सामुदायिक अध्यन केन्दका जिल्ला अध्यक्ष जनक सिह धामि रहेका थिए । भने अतिथिहरूमा विभिन्न क्षेत्रका व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा पाँच जना पत्रकार सहित विभिन्न क्षेत्रका उदाहरणिय व्यक्तित्वहरूलाई सम्मानित समेत गरेकाे थियाे ।

गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघकाे निर्वाचनमा निर्वाचित पाँच जना पत्रकार अध्यक्ष माधव धामि, उपाध्यक्ष भवानि भट्ट, काेषाध्यक्ष जय देव जाेशि, प्रदेश पार्षद बाशुदेव भट्ट र सदस्य रमेश भट्टलाई प्रमुख अतिथि, विशिष्ट अथिति लगायतले प्रमाण पत्र सहित दाेसल्ला अाेढाएर सम्मानित गरेकाे हाे ।

कार्यक्रममा पुर्खेउली घर दार्चुला भएका तर कञ्चनपुरका विभिन्न क्षेत्रमा बसाेबास गर्ने व्यक्तिहरूकाे उलेख्य सहभागितामा रहेकाे थियाे ।
सबैले एक अापसमा शुभकामना अादान प्रदान, परिचय एक अापसमा सुख दु:खका कुरा, र अागामि दिनमा अध्यन केन्द्र कसरी अगाडि बढने भन्ने सवालमा छलफल समेत गरीएकाे अध्यन केन्द्रका जिल्ला अध्यक्ष जनक सिह धामिले बताउनु भयाे ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि सिटिई. भिटि. सु.प. प्रदेश प्रमुख जाेशिले अब हरेक क्षेत्रमा बसाेबास गर्ने दार्चुला समुदायका वर्गलाई एकितृत गरि हरेक राम्रो नराम्रो कार्मा एक अापसमा सहयाेगकाे भावनालाई बढाउनु पर्ने बताए ।

उनले भने “सामाजि रूपमा अाफ्नाे पहिचान, भेषभुषा, कला धर्म, रितिरिवाज लगायतलाई हामी सबै मिलेर संरक्षण गर्नु पर्छ, जाे कार्य अागामि दिनमा अध्यन केन्द्रले उचित याेजना बनाउदै अगाडि बढनेछ ।”

उहाँका अनुसार सामाजिक, अर्थिक, राजनैतिक, लगायतका क्षेत्रमा प्रगति तथा उत्थान गर्न सबै भन्दा पहिले समुदायमा बस्ने हरेक किसिमका जात, जाति, भाषा, भाषि र वर्गकाे सवालमा समेत यस संस्थाले सद्भाव पुर्णा भाईचारा बन्धुत्वकाे विकास गराई अगाडि बढले कुरामा विशेष लक्ष्य लिएर कार्य गर्ने कुरामा जाेड दिनु भयाे ।

संस्थाले शिषेश गरेर दार्चुला समुदायका सवालमा सामाजिक पहिचान मुलक कार्य गर्ने तवरबाट संस्था अगाडि बढेकाे अध्यन केन्द्रका जिल्ला अध्यक्ष धामिले बताए ।
उनले भने “संस्थाले दार्चुलाबाट बसाई सराई गरि कञ्चनपुरका विभिन्न क्षेत्रमा बस्ने सबैलाई एकितृत गरि एक अापसमा सहयोगि भावनाकाे विकास गरी अगाडि बढ्ने उदेश्यका साथ पहिलाे पल्ट भव्य रूपमा यसरी कार्यक्रमकाे अायाेजना गरीएकाे बताए ।

संस्थाले राजनैतिक रूपमा नभई सामाजिक सहयाेगात्मक ढंकबाट विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने याेजाना बनाएकाे छ, उनले भने ।
यसरी अध्यन केन्द्रले जिल्लाका धेरै जसाे स्थानिय तहमा समेत समिति विस्तार गरीएकाे छ ।यसरी कार्यक्रमकाे अन्तमा सुदूरपश्चिमकाे संस्कृति झल्कने देउडा खेल खेलेर शुभकामना अादान प्रदान समेत गरेका थिए ।

कार्यक्रममा शुभकामना मनतव्य राख्ने अधिकाशं बक्ताहरूले संस्थाकाे प्रगतिकाे कामना सहित एक अापसमा बसेर परिचय, भेटघाटका साथै शुभकामना अादान प्रदान गर्न पाउँदा खुसि भएकाे भन्दै संस्थाले अागामि दिनमा समेत यस्तै कार्यक्रमकाे अायाेजना गर्नु पर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *