काँग्रेस पुनर्वासद्वारा शुभकामना आदान प्रदान, ६ पत्रकारलाई सम्मान

मुख्य खवर समाचार

पुनर्वास-  कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेस नगर समितिले आयोजना गरेको नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित ६ जना पत्रकारहरुलाई सम्मान गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी पुनर्वास टाउनमा रहेको किसान जागरण सहकारी संस्थाको सभा कक्षमा शुभकामना आदान प्रदान तथा निर्वाचित ६ जना पत्रकारलाई सम्मान कार्यक्रम गरीएको हो ।

नेपाली काँग्रेस पुनर्वास नगर समितिले नव-निर्वाचित नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह , पत्रकार महासंघ कैलालीका उपाध्यक्ष हरिश बिक , महासंघ कैलालीका कोषाध्यक्ष लक्ष्मी जैसी , नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य दीपेन्द्र बस्नेत , नेपाल पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सदस्य द्वय किशोर कुमार तामाङ र रमेश भट्टलाई नेपाली काँग्रेस कंचनपुरका नेता एवं पुर्व साँसद दिवान बिष्टले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

नव वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेता बिष्टले भने “पुर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको नेपाली काँग्रेस मात्रै एउटा पार्टी हो, जसले पत्रकार र प्रेस जगतको सम्मान गर्दछ ।” लोकतन्त्रका पक्षमा र ओझेलमा परेको समुदायका समस्या उजागर गर्न नव निर्वाचित पत्रकार साथीहरुको प्रयास अझ बढी सार्थक बनोस् भन्ने शुभकामना नेता बिष्टले दिए ।

नेता बिष्टले भने “जिल्ला र क्षेत्रको बिकास र नेतृत्व यहिको मान्छेले राम्रो संग गर्न सक्छ बाहिरबाट आयात गरेर ल्याइएको कुनै पनि ब्यक्तिले जनताको मन जित्न सक्दैन ।”
पुनर्वास नगर सभापति यमप्रसाद पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कंचनपुरका उपसभापति बन्धुराम राना बिशिस्ट अतिथि रहेका थिए ।

नगर सभापति यम प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय , महासमिति सदस्य भरत बिष्ट , महाधिवेशन प्रतिनिधि हरेन्द्र बिष्ट , बिन्दु श्रेष्ठ , जिल्ला सदस्य जनक धामि, पुनर्वास नगरपालिकाका मेयर उम्मेदवार तोय प्रसाद शर्मा , उपमेयर उम्मेदवार भुलिया राना , अमरजन साउद , लगायतका नेताहरुले मनतब्य राखेका थिए ।
हरिप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन नगर सचिव लोकबहादुर कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *