पुनर्वासका तीन जनामाथि मानव बेचबिखनको मुद्दा, एक पक्राउ, दुई फरार

मुख्य खवर समाचार

 कञ्चनपुर – पुनर्वास नगरपालिका ६ का तीन जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा लागेको छ ।उनीहरुमध्ये एक जना बाहेक अन्य फरार छन् । जिल्ला प्रहरी कार्यालयले तीनमध्ये चन्द्र बिक सुनारलाई पक्राउ गरेको छ । विकलाई चैत २५ गते पक्राउ गरिएको थियो ।विकसंगै मुद्दा लागेका आशा सुनार र गुड्डु सुनार भने फरार छन् ।

जिल्ला अदालत कञ्चनपुरले पक्राउ पूर्जी जारी गरेपछि उनीहरुको खोजी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले तीनै जनाको खोजी गरिएको बताए ।‘अदालतबाट पक्राउ पूर्जी जारी भएपछि खोजी गर्ने क्रममा एक जनालाई पक्राउ गरिएको छ, अन्यको खोजी भई रहेको छ’ उनले भने, पक्राउ गरिएका विक २४ वर्षका छन् ।

अन्य दुईमध्ये आशा २२ र गुड्डु २४ वर्षका छन् । विकलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।प्रहरीले पुनर्वास नगरपालिका परासनका मान बहादुर थापा र उनकी धर्मपत्नि सुकमाया तामाङ्गलाई बालिका बेचबिखन तथा ओसारपसार मुद्दामा २५ वर्षपछि पक्राउ गरेको छ ।जिल्ला अदालत कञ्चनपुरले २०५४ चैतमा तत्कालिन परासन गाविस वडा नं. ४ का मान बहादुर थापा र उनकी धर्मपत्नि सुकमाया तामाङ्गलाई जीउ मास्ने बेच्ने मुद्दामा पाँच वर्षको कैद सजाय सुनाएको थियो ।

प्रहरीले थापा दम्पत्तिलाई उनीहरुको घरबाट पक्राउ गरेको हो । पक्राउपछि अदालतमा पेश गरिएका उनीहरु कारागार चलान गरिएका छन् । थापा दम्पत्ति विरुद्ध २०५२ मा स्थानीय १५ वर्षिय बालिकालाई ललाई फकाई भारतको दिल्ली पुगाएर बिक्री गरेको भन्दै जाहेरी परेको थियो ।

अदालतले ६ वर्षपछि थापा दम्पत्तिलाई कैद सजाय सुनाएको थियो । प्रहरीमा जाहेरी परेपछि फरार उनीहरु केही वर्षदेखि घरमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *