बेलडाँडी वाईसिएलद्धारा हुलाकी सडक आयोजना र शर्मा राजेन्द्र जे.भि.लाई ध्यानाकर्षण पत्र

मुख्य खवर विशेष समाचार

रमेश प्रसा भट्ट/ कञ्चनपुर-  दैजि बेलडाँडी सडक खण्डको काम तिब्र गतिमा गर्न माग राख्दै बेलडाँडी वाईसियलले हुलाकी सकड आयोजना धनगढी र शर्मा राजेन्द्र जे.भि. निर्माण कम्पनीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दैजि बेलडाँडी सडक खण्डको निर्माण कार्यमा ढिला सुस्ती हुनथाले पछि मंगलबार वाईसिएल बेलडाँडीले धनगढी गई हुलाकी सडक आयोजना र निर्माणको ठेक्का पाएको शर्मा राजेन्द्र जे.भि.निर्माण कम्पनीलाई निर्माण कार्य तिब्र गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

सम्झौता भएको समय नाघि सक्दा सम्म पनी सडक निर्माण कार्यमा ढिलाई गर्न थालेपछि हामिहरु हुलाकी सडक आयोजनाक र शार्मा राजेन्द्र जेभि निर्माण कम्पनीको कार्यालयमै गई सडक निर्माण कार्यलाई छिटो गराउन ध्यानाकर्षण गराएको वाईसिएल बेलडाँडीका सह-ईन्चार्ज दिपक कुमार खडकाले जानकारी दिनु भयो । उनले भने “ध्यानाकर्षण पत्र बुझ्दै हुलाकी सडक आयोजना धनगढीले कार्य छिटो गर्न निर्माण कम्पनीलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको बताए ।”

यस्तै निर्माणको ठेक्का पाएको शार्मा जेभिले पनी अब निर्माण कार्यमा ढिलाई नहुने प्रतिबद्धता व्यक्त गरेको छ । दैनिक जसो सयौ नागरिक दैजि बेलडाँडी सडक खण्डको बाटोमा हिडने गर्दछन तर सडक धुलाम्यका कारणले गर्दा दुर्घना समेत बढी हुने गरेको स्थानीयहरुको भनाई छ । यसरी सडक निर्माणमा लापर्वाही गर्दा यात्रुहरुले नकै कष्टपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

वाईसिएलका सह–ईन्चार्ज खडकाका अनुसार “दुबै कार्यालयका कार्यलय प्रमुखले हाल धुलो नियन्त्रण गर्न बैशाख ३ गतेबाट सडकमा पानी छर्कने र असार मसान्त सम्ममा कालोपत्रेको कार्य पनी सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताए। ।”

ध्यानाकर्षण गराउदा पनी सडक निर्माण कार्यमा ढिलाई गरिए वाईसिएल कडा रुपमा उत्रीले समेत ध्यानाकर्षण पत्र मार्फत जनाईएको छ । बेलडाँडी वाईसिएलका सह–ईन्चाज दिपक खडका र ईन्चार्ज चेत शाह दुबैले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *