नेपाल पत्रकार महासंघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १ हजार १ सय ७६ जना पत्रकारले मतदान गर्न पाउने भएका छन् ।
महासंघले केन्द्रीय कार्य समिति, प्रदेश समिति र जिल्ला शाखाहरूको नेतृत्व चयनका लागि अगामी चैत २५ गते हुने निर्वाचनका लागि सोमबार सुदूरपश्चिमसका सबै जिल्लाको जिल्लागत मतदाता नामावली सार्वजनिक गरेको हो ।
महासंघले सार्वजनिक गरेको नामावलीअनुसार सबैभन्दा बढी कञ्चनपुरमा २ सय ५३, कैलालीमा १ सय ८९, अछाममा १ सय ३४, बैतडीमा १ सय ३२ जना मतदाता रहेका छन् ।
त्यस्तै, बाजुरामा १ सय ८, दार्चुलामा ९८, डडेल्धुरामा ९३, डोटीमा ८९ र बझाङमा ८० पत्रकारले अगामी निर्वाचनमा मतदान गर्न सक्नेछन् ।

