रमेश प्रसाद भट्ट/ कञ्चनपुर- आज २१ मार्च अर्थात अन्तर्राष्ट्रिय जातियविभेद उन्मुलन दिवश अविश्वभर विभिन्न ककार्यक्रम गरी मनाउने क्रममा कञ्चनपुरको दक्षिणि भेग बेलडाँडीमा पनी जातियविभेद उन्मुलन दिवश एक भव्य कार्यक्रम गरी मनाईएको छ । बेलडाँडी दलित हकहित सन्जाल र दलित महिला संघको सयुक्त आयोजनामा बेलडाँडी गाउँपालिकाको सहयोगमा एक भव्य कार्यक्रमको हायोजना गरी ५६ औ अन्तरास्ट्रिय जातिभेद उन्मुलन दिवश मनाईएको दलित हकहित सञ्जाल समिति बेलडाँडीका अध्यक्ष दिनेश सुनारले बताउनु भयो ।
आईतबार चवन्नी बजार देखी सुरु भएको र्याली गाउपालिका कार्यालय नजिक कोण सभामा परिणत भएको थियो। बेल्दान्दी दलित हकहीत सन्जाल का अध्यक्ष दिनेश सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्री रहनु भएको थियो । भने अतिथिहरुमा विभिन्न राजनैतिक पार्टीका नेता, जनप्रतिनिधि र दलित महिला पुरुष सहभागि रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गाउपालिका अध्यक्ष थापा क्षेत्रीले हामि सबैले आफ्नो गाउँ, ठाँउ, समाज र राष्ट्बाटनै जातिय विभेदको अन्त गर्नु पर्ने धारण राख्नु भएको थियो । उहाँले भने ”बेलडाँडी गाउपालिकामा कुनै पनी किसिमका जातिय विभेदका घटना हुन नदिने सवालमा आफु प्रतिबद्ध भएको बताउदै त्यस्ता दण्डनिय कार्य गर्ने जोकोहिलाई पनी कडा कानुनी कार्वाहीको भागेदार हुने बताए ।”
यस्तै उनले भने ”जातिय विभेद अन्त गर्ने सवालमा गाउँपालिकाले गर्ने यस्ता कार्यक्रमको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रममा बोल्दै बेलडाँडी दलित हकहित सञ्जालका अध्यक्ष सुनारले सबै खाले जातिय विभेद अन्त गर्ने सवालमा सबैले लाग्नु पर्ने बताउनु भयो ।” उहाँले भने’ हरेक समाजमा पछिल्लो समय जातिय विभेदको घटनामा कमी आएता पनी सबै खाले किसिमको विभेद अन्त्य गर्ने कार्यमा सञ्जालले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको कुरा बताउनु भयो ।’ उहाँले भने समाजिक अपराध एवं कानुनले पनी दण्डनिय अपराधको रुपमा लिएको जातिय विभेद अब देशबाट उन्मुलन गर्न आवश्यक रहेको बताउनु भयो ।

दलित हकहित सन्जाल बेलडाँडीका सचिब रमेश चुनाराले राज्य देखि हेपियको दबिएको राज्यले विभेदमा पारेको समुदायको लागि आगामी कार्य योजनामा दलित हरुको लागि शिक्षा र आय आर्जन मुलक सीपको ब्यबस्था गर्न माग गरेका थिए ।
साथै केही दिनमै दलितहरुको हकहितका लागि माग सहित को ज्ञापन पत्र गाउपालिकामा बुझाउने र मागहरु सम्बोधन नभए कडा आन्दोलन गर्ने सचिव चुनाराले बताउनु भयको छ। फेडो संस्थाका नर बहदुर आउजीले सन्चालन गरेको कार्यक्रममा विभिन्न बक्ताहरुले आ आफ्ना धारणहरु राखेका थिए । कार्यक्रममा आगामी गाउपालिकाको नीति तथा कार्यक्रम मा दलितहलै विशेष प्राथमिकता मा राखेर निति कार्यक्रम ल्याउन माग गरिएको छ।



