बेलौरीमा ९ नम्बर वडा कार्यालय भवनको नगर प्रमुख चौधरीद्धारा शिलन्यास

मुख्य खवर विशेष समाचार

कञ्चनपुर- बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीद्धारा वडाकार्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रवार नगरप्रमुख चौधरीद्धारा बेलौरी नगरपालिका वडा नम्बर -९ मा वडा कार्यालय भवन शिलान्यास गरिएको हो । नवदुर्गा निर्माण कम्पनीले ६४ लाखको लागतमा उक्त भवन निर्माण गर्न लागेको बेलौरी नगरपालिका वडा नम्बर -९ का अध्यक्ष समशेर सिंह पेलाले जनाए ।

वडाध्यक्ष पेलाका अनुसार उक्त ८ कोठे भवन २०७८ फागुन मसान्त सम्म सम्पन्न गरीसक्नुपर्ने सम्झौतामा उल्लेख छ । यस्तै उनले वडामा वर्थिङ्ग सेन्टर र स्वास्थ्य क्लिनिक भवनको पनि निर्माणकार्य भर्खरै मात्रै सम्पन्न गरिएको बताए ।त्यस्तै, बेलौरी नगरपालिकाका नगरप्रमुख चौधरीले वडा नम्बर ७ मा वडा कार्यालयको भवन निर्माण गरिसकेको र अन्य केही वडाहरुको हकमा टेण्डर प्रक्रिया सकिएर निर्माणकार्य अगाडी बढिरहेको बताए ।No description available.उनलेे नागरिकहरुको सहजताका निमित्त वडाबाटै सेवा प्रदान गर्ने उद्देश्यले वडा कार्यालय नभएका वडाहरुमा भवन निर्माण गरिन लागेको बताए । गाउँ गाउँमा सिंहदरबार भन्ने  अभिप्रायका साथ आफ्ना चुनावी प्रतिबद्धता समेत पूरा गर्न नगरमा थुप्रै विकास निर्माणका योजनाहरु अघि सारिएको नगर प्रमुख चौधरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *