कञ्चनपुरमै पहिलो कुखुरा तथा बस्तुभाउको आहाराका लागि ‘अजोला’ घाँसखेती

मुख्य खवर विशेष समाचार

डिल्लीराज पन्त/कञ्चनपुर– कञ्चनपुरका एक जना किसानले कुखुरा तथा बस्तुभाउको आहाराका लागि नयाँ प्रविधिबाट ‘अजोला’ घाँसखेती गरेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका –१२ ऐरीका किसान ईश्वर दत्त जोशीले आफ्नै जमिनमा ‘बस्तुभाउ तथा कुखुराका लागि ‘अजोला’ घाँसखेती गरेका हुन । गाईपालनमा लागेका उनले आहारा अभावका कारण गाईपालन हटाएर अहिले विभिन्न प्रजातिका लोकल कुखुरा, हास, गिरिराज, कडकनाथ तथा बोईलर कुखुरा पालन गरेका छन । जोशीले समान्य पोखरी निर्माण गरेर कुखुरा बस्तुभाउको आहाराका लागि घाँसखेती गरेका हुन ।

कुखुराका लागी चाहिने दाना समयमा नपाईने र पाईएपनी महंगो हुने भएकाले विकल्पका रुपमा अजोला घास लगाएर दाना र चाराको अभावको समस्या समाधानका लागी यो घासको खेती सुरु गरेको कृषक जोशीको भनाई रहेको छ ।

कृषक जोशीले प्रतिकिलो १५ सयका दरले बिउ ल्याएर घरमै पानीमा खेती गरेका छन । उनले आफ्नै ७ कठ्ठा जग्गामा अजोला घास को खेति संगै कुखुरा पालनको व्यवसाय समेत सुरु गरेका छन । कृषक जोशीले कञ्चनपुरका साथै अन्य जिल्लामा समेत आफुले अजोला घासको विउ विक्रि वितरण समेत गर्दै आईरहेको र अजोला घास लगाएपछि दानामा लाग्ने खर्चको करिव ३० प्रतिशत रकम कटौती समेत भएको बताएका छन ।

अजोला घास सात दिनमै दोब्बर घाँस भएपछि किसानलाई आहारा र दानाको अभाव कम हुने देखिएको छ ।कृषक जोशीका अनुसार यस घासमा कुखुरा, हाँस, माछाको आहाराका लागी प्रोटिन लगायत पौष्टिक तत्व समेत वढि पाईने भएकाले कुखुरा, हाँस, माछा हुर्कन समेत घाँस उपयुक्त हुने आफुले अनुभव गरेको बताउदै कृषकका लागी सरोकार राख्ने कार्यालयमा जादा त्यहावाट कुनै प्राविधिक सल्लाह पाउन नसकेको गुनासो कृषक जोशीले गरेका छन ।

कृषक जोशी जस्तै अन्य कृषकले समेत दानाको अभाव टार्न र दानामा लाग्ने खर्च कटौती गर्न यस घासको प्रयोग गर्नुपर्ने र कृषी क्रान्तीलागी भन्दै सरकार वाट बर्षेनी करोडौ रकम जिल्लामा आए पनी अनुदानको सहि सदउपयोग भएको देखिदैन तर सरोकारवाला निकायले अनुगमन र नियमन गरी जोशी जस्तै गरीखाने कृषकहरुको पहिचान गरी उपयुक्त आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने जरुरी देखिन्छ ख।

Leave a Reply

Your email address will not be published. Required fields are marked *