माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो, बादल बने बागमती प्रदेश इन्चार्ज

राजनीति समाचार

काठमाडाैं : सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १ को नयाँ इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई बनाउने निर्णय गरेको हो।

बैठकले रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ। जसअनुसार माओवादीसँग एकता गर्दा मनोनित ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन्। योसँगै अब एमालेको केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय भएको छ। त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ।

साथै बैठकले आउँदो मंसिर २ देखि ६ सम्म महाधिवेशनको मिति पनि तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *