कञ्चनपुर प्रहरीद्धारा विभिन्न स्थानबाट भन्सार छलीका ६ लाख भन्दा बढीका समान भन्सार चलान

राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट /बेलडाँडी- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा भन्सार छली गरी ल्याईएका ६ लाख भन्दा बढीको समान बरामद गरी भन्सार चलान गरेको छ । प्रहरीले ६ लाख २५ हजार ४ सय २२ रुपयाँ बराबरको भन्सार छली गरी ल्याईएका समानलाई शुक्रबार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्याय कञ्चनपुर प्रबक्ता प्रहरी नायब उपरिक्षकअमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

भि.नपा. १८ गल्लि नं. ३ बजार स्थित म.१.ह.४०७ नम्बरको अटोबाट टिसर्ट, ट्रयाक, प्लाजु, कुर्ति, पछ्यौरी, जुत्ती, चप्पल, रुमाल २ पोका, कुर्ति सेट, कट्टु, धोती, बनारसी साडी गरी जम्मा ४ लाख ११ हजार एक सय पचास रुपयाँ बराबरको बराद गरेको प्रबक्ता थापा क्षेत्रीले बताए । यस्तै ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेलडाडी गा.पा.वडा नम्बर ३ बनपुरवा र बेलौरी न.पा.१० भुडा चौराहा स्थित भन्सार छली पैठारी गरी ल्याएका चिनि बोरा,आन्टी मिठो सुपारी,प्याज ,पापड प्याकेट, पार्लेजि बिस्कुट, सुकेको खुर्सानी, डिउ ६०० मिलिलिटर, बेसन (मैदा) झुम्का सुर्ती र कालो झिल्ली प्लाष्टीक हल्दी २ , हार्डब्यरका समान लगायत गरी अन्दाजी २ लाख १४ हजार २ सय ७२ रुपयाँ गरी जम्मा ६ लाख २५ हजार ४ सय २२ बराबरको समानलाई शुक्रबार भन्सार कार्यालय गड्डा चौकी पठाएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक राजेनद्र बहादुर सिंहले जानकारी दिनु भयो ।।

जिल्ला प्रहरी कार्याय कञ्चनपुर प्रबक्ता प्रहरी नायब उपरिक्षकथापा क्षेत्रीका अनुसार ”अहिले कञ्चनपुर प्रहरीले गैरकानुनी रुपमा भन्सार छली गरी ल्याउने समानलाई बरामद गर्न मातहतका प्रहरी कार्यालयलाई कडा निर्देशन भए बमोजिम कार्य भई रहेको बताउनु भयो ।” उनले भने ”खुला सिमा नाकामा हुने तस्करी नियन्त्रणमा प्रहरीले सक्रियाता पुर्वक कार्य गरीरहेको बताउदै सबे जसो सवालमा प्रहरीले चौविसै घण्टा जिल्लाको सुरक्ष व्यवस्थामा कडाई गरेको बताए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *