बेलडाँडीमा महाशिवरात्रीको अवसरमा दुई दिन साँस्कृतिक महोत्सव हुने,,सबै तयारी अन्तिम चरण

विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरको बेलडाँडीमा महाशिवरात्रीको अवसर पारी दुई दिने साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। बेलडाँडी गाउँपालिका वडा नम्बर -२ चवन्नी बजार व्यवस्थापन समितिले  बेलडाँडी साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्न लागेकाे हो।

चवन्नी वजारको पछाडि पट्टी रहेकाे खुल्ला मञ्चमा महा शिबरात्रीकाे अवसर पारी यहि फागुन २७ गते र २८ गते दुई दिन महोत्सव सञ्चालन गरिन लागेकाे अायाेजक चबन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष प्रकाश उर्यालले जानकारी दिनु भयाे। ”बेलडाँडी क्षेत्रमा रहेका स्थानिय स्तरको कलाको पहिचान र बजार व्यवसायलाई आर्थिक रुपमा टेवा पुग्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उनले बताए ।” खुला रुपमा मेलामा सबैले निशल्क अवलोकन गर्नै गरी आयोजना गरीएको समेत उहाँले बताउनु भयो ।

उहाँका अनुसार महाेत्सबकाे सबै तयारी अन्तिम चरणमा पुगेकाे समेत बताए । महोत्सवमा अराज केशव गिरी, देउडा गायिका रेखा जोशी, दुबैकाे लाहुर्या लक्ष्मण अधिकारी र चेतन बोहरा, र स्थानिय स्तरका कलाकारको समेत बेजोड प्रस्तुती रहने अायाेजकले जनाएकाे छ। महोत्सव सञ्चालनका लागि गाउँपालिका, स्थानिय बजारका व्यापारी लगायतकाे सहयाेग रहने अायाेजकले जनाएकाे छ । महत्सवमा सहभागी भईदिन सबैमा अायाेजकले अपिल समेत गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *