बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

मुख्य खवर विशेष समाचार

बर्दिया –बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका-३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा घाँस काट्न गएकी मधुवन-३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो ।बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेको हो ।सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए ।

बाघले सुनारलाई आक्रमण गरेपछि ज्यान जोगाएर सशस्त्र प्रहरी बललाई जानकारी गराएका थिए । उनको शव दशगजामा फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *