विगत एक वर्ष देखी ब्रह्मदेव बजार सुनसान, व्यवसायि पलायन हुदै

मुख्य खवर विशेष समाचार

डिल्लीराज पन्त/ कञ्चनपुर- सदरमुकाम लगायत जिल्लाका अन्य साना ठुला बजार नेपाल बन्द र आमहड्तालको बेला पुर्ण रुपमा बन्द हुने गरेपनी यो ब्रह्मदेव वजारलाई भने त्यसको खासै असर पर्देन्थ्यो तर विगत १ वर्ष देखी कञ्चनपुरकै पुरानो वजार ब्रहदेव वजार भने सुनसान बनेको छ ।

गत वर्ष चैत्र ११ गते देखी कोरोना महामारीका कारण सरकारले बन्दाबन्दी गरेपछि देशका सवै वजार व्यवसाय बन्द भए संगै ब्रह्मदेव वजार पनी बन्द भएको थियो । तर पछिल्लो समय कोभिड –१९ को असर देशै भर सामान्य बन्दै गए पछि अन्य क्षेत्रका बजार , व्यवसाय ,करका्खाना खुली सकेका छन भने देशका सिमानाका मा समेत आवत जावत सहज भईसकेको छ तर यस वजार संग जोडिएको भरतिय सिमा अहिले सम्म पनी सिल हुदा वजार व्यवसाय धरापमा परेको छ ।

भारतको उत्तराखण्ड राज्यको टनकपुर वजार र भारतिय नागरीकोकोृ भरमा चलिरहेको यो वजार अन्य सिमा खुलिसकेको अवस्थामा पनी टनकपुर् सिमा नखुल्दा ब्रह्मदेव वजारका अधिकांस व्यापारी पलायन भईसकेका छन भने त्यतिकै बसीरहेका व्यापारीहरुले समेत साझ विहान हातमुख र्जोर्न समेत समस्या परेको भन्दै दुखेसो पोखेका छन ।

कञ्चनपुर जिल्लाको प्रमुख नाकाका रुपमा रहेको गड्डाचौकी नाकामा समेत आवागमनमा सहजता आई‘केको छ । विगत २ साता देखि गड्डाचौकी वाट भित्रिने र वाहिरिने नेपालीहरुले सामान्य परिचय खुल्ने परिचयपत्रका आधारमा भारत जाने र आउने क्रम जारी रहदै आएको छ । तर ब्रह्मदेव नाका भने अझै सिलनै गरीएको छ । नेताहरुले भिडभायका साथ सभा सम्मेलन, गोष्ठि गर्दा कोरोना माहामारीले असर नगर्ने तर सामान्य वजार व्यवसाय खोल्दा समस्या हुने भन्दै सरकारले व्यवसायको समस्या समाधानमा कुनै पहल नगरेको व्यापारीहरुले गुनासो गरेका छन ।

भारतको उत्तराखण्ड राज्यमा पर्ने माता पुर्णागिरी को दर्शन गरेपश्चात ब्रह्मदेवमा अवस्थित शिद्धवावा मन्दीरमा समेत दर्शन गरेपछि मात्रै मनोकाक्षा पुरा हुने जनविश्वास रहदै आएपनी विगत १ वर्ष देखी मन्दिरमा लाग्ने मेला समेत सुनसा नबनेको छ । हरेक वर्षफागुन देखि जेठ महिनाको अन्त सम्म लाग्ने पुर्णागिरी मेलाका कारण यस क्षेत्रमा बर्षेनी करोडौको कारोवार हुने गर्दथ्यो तर सिमा नखुल्दा आफुहरुले आर्थिक समस्या बेहर्नुपरेको र सवै क्षेत्र सामान्य वनिसकेको अवस्थामा यो सिमानाका खोली दिन पटक पटक प्रशासन मा ज्ञापन पत्र वुभाmाउदा समेत आफुहरुको कुनै सुनवाई नभएको व्यापारीले वताएका छन ।

२ साता अगाडि मात्रै मन्त्रिी परिसदको निर्णय बमोजिम मुख्य नाकाहरु सहज रुपमा खोल्ने भनिएपनी अझै आवागमन र सिमा क्षेत्रमा वजारहरुमा व्यापार व्यवसाय सहज हुन नसकेको र यसले कञ्चनपुर मात्रै नभई सिंंगो राष्ट्रलाईनै आर्थिक भार बढ्न जाने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले बताएका छन ।

उता स्थानिय तहले समेत ब्रह्मदेव नाका खोल्कान लागी जिल्लाका सवै निकायसंगै सहकार्य गर्नै र वन्देले आहत भएका व्यापारीहरुकालागी सर्वसाधारण भारतिय तथा नेपनली नागरिकलाई सहज आवत जावतगर्न नाका खोल्न जिल्ला प्रशासनमार्फत छिट्टै पहल थालिने भिमदत्त नगरपालिका –९ का वडा अध्यक्ष राम नाथले बताएका छन ।

मुलुकको विकास र समृद्धिकालागी आर्थिक पाटो प्रमुख मानिन्छ तर यसरी देश विकास लागी विभिन्न शिर्षकमा सरकारलाई कर बुझाई देश निर्माणमा साथ दिने व्यावारीका पिडा र समस्या बुझि सरकारले अविलम्व सहज वातावरणमा व्यापार व्यवसाय गर्न दिई व्यपारीहरुलाई पलायन हुन वाट रोक्नुपर्ने देखिन्छ ।
डिल्लीराज पन्त, कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *