रमेश प्रसाद भट्ट/कञ्चनपुर- विश्व हिन्दु युवा संघको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार कैलालीको अत्तरियामा एक कार्यक्रमको आयोजना गदै यहि २७ गते कैलालीको गोदावरीमा हुने महा शिवरात्री पर्व कार्यक्रमको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विश्वहिन्दु युवा संघ सुदूरपश्चिम प्रदेशका संयोजक सम्राट सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको सहभागितामा महा-शिवरात्री पर्वको अवसरमा कैलालीको गोदावरी धाम कमल फुलको मैदानमा हुने बृहत कार्यक्रमको तयारी तथा कार्यनितिको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको विश्व हिन्दु युवा संघ सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ ।हाम्रा समितिहरु सक्रिय रहेका भन्दै कार्यक्रमकोे सबै तयारी अन्तीम चरणमा पुगेको आयोजकले जनाएको छ ।

कार्यक्रममा बाल्दै विश्वहिन्दु युवा संघका सुदूरपश्चिम प्रदेश संयोजक सम्राट सिंहले अब नेपालमा हिन्दु राष्ट्र स्थापना हुनु पर्ने भन्दै सबै ओमकार परिवारले हिन्दुत्वलाई बचाउन उठनु पर्ने बताउनु भयो । उहाँले भने ”हाम्रो युद्ध भनेको कुनै दलको झण्डा बोक्ने संग नभई हाम्रो युद्ध राष्ट्र भक्ति र धर्म विरोधीहरुको पर्खाललाई तोड्नको लागि हुने एक भयानक युद्ध भएको बताएका छन् ।” यस्तै उनले भने ”विश्व हिन्दु युवा संघ धर्मको लागि मात्र नलडि रहेका भन्दै हामी राष्ट्रको स्वाभिमानको लागि समेत लडिरहेको बताए।”

यस्तै अब सबै हिन्दू धर्म प्रति अस्थावानहरु जाग्ने बेला आएको भन्दै हिन्दु धर्मको बाहुल्यता भएको देशमा हिन्दु राष्ट्रको पहिचान हुनु पर्नेमा जोड दिए । कार्यक्रममा यहि २७ गते अत्तरिया चोक देखि बृहत झाँकी सहितको र्यालीबाट कार्यक्रमको शरुवात भई गोदावरी धाम कमल फुलको मैदानमा हुने महा-शिबरात्री पर्वको कार्यक्रममा सहभागिता जनाउन सबै हिन्दुवादी युवा, हिन्दु धर्म प्रति आस्थावना भत्तजन तथा आम जनसमुदायलाई अपिल समेत गरेका छन् ।
कार्यक्रममा बाल्दै विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य शिरोमणि ओझाले ”हामि कुनै राजनैतिक पार्टी नभई, धर्म जोगाउनु पर्ने भन्ने आवाज मात्र भएको बताएका छन् । उनले राष्ट्र र राष्ट्यिता प्रतिको सम्मान गर्नु र हिन्दु राष्ट्र नेपाल घोषणा गर्नु हाम्रो प्रमुख उद्देश्य भएको बताए ।” यसरी अब विश्व हिन्दु युवा संघले हिन्दु राष्ट घोषणा नहुन्जेल सम्म सरकारलाई खबरदारी गर्ने कार्यक्रम गरिने समेत बताएका छन् । कार्यक्रममा बालने अधिकाशं बक्ताहरुले देश र धर्म बचाउन सबैले आ आफ्नो ठाउँबाट आवाज उठाउनु पर्ने अवस्था भएकोमा जोड दिएको थिए ।


