विप्लवलाई ओलीले भने : सुतली बम पड्काएर बस्‍नुभन्दा हातेमालोमा आउनुहोस्

राजनीति समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहलाई देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका छन्।  गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरू सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन।’

उनले सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न आग्रह गरे। आइतबार झापाको सम्बोधनमा पनि प्रधानमन्त्री ओलीले विप्लव समूहसँग छिट्टै परिणाममुखी वार्ता हुने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *