रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरको दैजी बेलडाँडी सडक खण्डमा अन्तरगत राष्टिय शुक्लाफाटा आरक्षमा बाघ देखा पर्न थालेपछि यात्रुहरु त्रसित बनेका छन् । दैनिक जसो दिउसै सडकमा बाघ बस्ने र दुई बाघ एक आपसमा खेल्ने गरेको देख्दा सडक खण्डमा आवत जावत गर्ने यात्रु त्रसित बनेका हुन । प्राय जसो साईकलमा, हिडेर र मोटरसाईकलमा आवत जावत गर्ने यात्रुहरु बाढी त्रसित भएका छन् ।
अहिले सम्म मानवीय क्षती नभएपनी त्रास भने बढेको बेलडाँडीका स्थानीयहरुको भनाई रहेको छ । यस विषयमा आरक्ष प्रशासनले बेलैमा ध्यान दिई खडक खण्डमा ढुक्क संग आवत जावत गर्ने किसिमको वातावरण गर्न बेलैमा ध्यान दिनु पर्ने भन्दै सामाजिक सञ्जाल मार्फत बेलडाँडीका स्थानिय चेतन कुमार रायले बताए ।

