सुदूरपश्चिमका पहाडी जिल्लाका चारवटा विमानस्थलमा परीक्षण उडान

मुख्य खवर समाचार

प्रताप ओली बझाङ: सीता एयर सुदूरपश्चिम प्रदेशमा हवाई सेवा दिन ईच्छुक देखिएको छ। सीता एयरले मंगलबार प्रदेशका पहाडी जिल्लाका चारवटा विमानस्थलमा परीक्षण उडान गरेको छ। प्रदेशका पहाडी जिल्ला बझाङको विमानस्थल, अछामको साफेबगर, डोटीको दिपायल र बैतडीको पाटल विमानस्थलमा परीक्षण उडान गरेको हो।

सीता एयरले प्रदेशको अस्थायी राजधानी धनगढीलाई आधार बनाइ पहाडी जिल्लामा नियमित उडान गर्ने लक्ष्यअनुरूप गरिएको तीनवटै जिल्लाको परीक्षण उडान सफल भएको जनाएको छ। यसअघि प्रदेशका तीन पहाडी जिल्लामा समिट एयरले साप्ताहिक उडान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *