सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्याे

विशेष समाचार

काठमाण्डाै – सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९० हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ४० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *