बेलडाँडी दिगो बिकासका लागि अध्यक्ष लगायतको टोली संघीय राजधानी काठमार्डौमा

मुख्य खवर विशेष समाचार

 बेलडाँडी- जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको दिगो विकासका लागि अध्यक्ष, उपाध्यक्ष लगायतको टोली संघीय राजधानी काठमार्डौ पुगेको छ । बेलडाँडीको दिगो बिकासका निम्ति अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला देबी कार्की, वडाध्यक्ष प्रेम राज खाती, कालिकिज उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापा, राैलेश्वर क्याम्पस संचालक समितिका गणेश उपाध्याय, न्यायीक समितिका सदस्य गणेश बिष्ट र सामाजिक परिचालक दिनेश खडकाको टोली यति बेला संघिय मन्त्रालयहरूमा विभिन्न माग गर्दै मन्त्रालय धाउने कार्य भएको छ ।

अहिले सम्म ३ वटा मन्त्रालय पगेको जनाईएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङलाई ज्ञापनपत्र बुझाउनुका साथै बिभिन्न समस्याहरुमा छलफल गरिएको छ ।

यस्तै बन तथा वातावरण माननीय मन्त्री प्रेम बहादुर आलेलाई अारक्ष पिडितका समस्या, कालिकिच ताल,शुक्लाफाँटा प्रबेश गेट निर्माण, शुक्लाफाँटा प्रबेश बाटो तथा पुल निर्माण , बेलडाँडी बजार देखि चवन्नीसम्म बाटोमा पर्ने रुख कटान आदि बिषयहरुमा छलफल गर्दै ज्ञापन पत्रबुझाएका छन् ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसंग औद्योगिक ग्राम, लगायत बेलडाँडी गाउँपालिका समसामयिक समस्याहरुमा छलफल गरिएको जनाईएको छ । श्रोतका अनुसार लगभग सबै मन्त्रालयमा दिगो विकासका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *