भारतका किसान नेताहरूले आज भोक हड्ताल गर्ने

अन्तर्राष्ट्रिय

दिल्ली -भारतमा आन्दोलनरत किसान नेताहरू आज भोक हड्तालमा बस्ने भएका छन्।केन्द्र सरकारले ल्याएको कृषि कानुन विरुद्ध दुई महिनादेखि दिल्लीका विभिन्न सीमामा किसानहरू धर्नारत छन्।

किसान नेता अमरजीत सिंहले आज सबै नेताहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म भोक हड्तालमा बस्ने जानकारी दिएका हुन्। उनले जारी आन्दोलनमा देशमा मानिसहरूका लागि भएको पनि उल्लेख गरेका छन्।

किसान आन्दोलनलाई मध्यनजर गर्दै हरियाणा सरकारले १७ जिल्लामा इन्टरनेट सेवा बन्द गरेको छ।

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले किसान र सरकारबीच वार्ता हुनुपर्ने बताएका छन्।

कलकत्ता जान लागेका केन्द्रीय गृहमन्त्री अमित शाहले यात्रा रद्द गरेका छन्।

सामाजिक कार्यकर्ता अन्ना हजारेले कृषि कानुनविरुद्ध अनिश्चितकालिन भोक हड्तालमा बस्ने आफ्नो निर्णय फिर्ता लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *