प्रचण्ड–नेपाल समूहको विरोधसभालाई मध्यनजर गरि धनगढीमा सुरक्षा व्यवस्था कडाइ

समाचार

धनगढीः- नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गर्ने विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आउने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ।

बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्। प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्न लागेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *