पुनर्वासका एक युवकको मोटरसाईकल दुर्घटनामा मृत्युु

समाचार

कञ्चनपुर -सडक दुर्घट्नामा परी कञ्चनपुरकाे पुनर्वासका एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले नवलपुरमा सोहि दिशातफै जाँदै गरेको से ६ प ८६७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक पुर्नवास नगरपालिका वडा नम्बर ६ का ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको  प्रहरीले जनाएको छ  ।

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको हाे । दुर्घटनामा परि नवलपरासी (पश्चिम) वर्दघाट नगरपालिका वडा नं. ९ घर भएकी २९ वर्षीया तुलसी कंडेल घाईते भएकी छिन ।मोटरसाईकललाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *