बेलडाँडी – ईलाका प्रहरी कार्यालय बेलडाँडीले अबैध बोईलर कुखुरा बरामद् गरी नष्ट गरेको छ । बुधबार ईप्रका बेलडाँडी र प्रहरी चौकी झिलमिलाको सयुक्त गस्ती टोलीले बेलडाँडी वडा नम्बर ४ र ५ क्षेत्रबाट २५ वटा अबैध रुपमा सिमावर्ती भारतबाट ल्याईएका बोईलर कुखुरालाई बराद् गरी नष्ट गरिएको ईप्रका बेलडाँडीका प्रहरी निरिक्षक राजेन्द बहादुर सिहले जानकारी दिनु भयो ।

उहाँका अनुसार “पछिल्लो समयमा भारतमा बर्ड फ्लु बढेकाले भारतबाट अबैध रुपमा आउने बोईलर कुखुरामा संक्रमण देखिन सक्ने भएकाले निषेध गरिएको कुखुरा गस्तीको क्रममा बेवारिसे अवस्थामा मंगलबार र बुधबार विहान बरामद् गरेका हौ ।” बरामद् बोईलर कुखुरालाई बेलडाँडी गाउपालिकाका पशु शाखा प्रमुख, निर्वाचित जनप्रतिनिधि, र पत्रकारको रहोबरमा नष्ट गरिएको उनले बताए ।
स्वास्थ्यको लागि निकै घातक रहेकाले भारतबाट अबैध रुपमा ल्याईने कुखुरा जन्य चिज र अन्य चोरी तस्करी नियन्त्रणका कार्यमा समेत प्रहरीले कडाई गरेको प्रहरी निरिक्षक सिंहको भनाई रहेको छ ।


