वेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख शंकरदत्त भट्टको मृत्यु

समाचार

कञ्चनपुर- वेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख वि.नि. एवं सुचना अधिकारी शंकरदत्त भट्टको मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत भट्टको डिस्चार्ज भएपछि मृत्यु भएको बताइएको छ।

कोरोना रिर्पोट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार भट्टलाई डिस्चार्ज गरेको थियो। शुक्रबार नै धनगढीकै सारथी अस्पताल भर्ना भएको भट्टको शनिबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।  उहाँको आज हिन्दु  धार्मिक परम्परा अनुसार कञ्चनपुरको महाकाली आर्यघाटमा दाहा संस्कार गरीएको छ । उहाको मृत्युले समग्र शिक्षा क्षेत्रबाट एक होनहार कर्मचारी गुमाएको छ ।

शिक्षा क्षेत्रमा अतुलनिय योदान दिएका उहाँको व्यक्तित्व समेत निकै सालिन रहेको थियो । अकस्मात भएको मृत्युले वेदकोट नगरपालिका लगायत सबै जसो स्तब्ध भएका छन् । उहाँको मृत्युको खबरले स्तब्ध हुने शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत हार्दीक श्रद्धाञ्जली समेत प्रकट गरी रहेका छन् । उनका घरमा बृद्ध आमा, श्रीमती र २ छोरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *