रमेश प्रसाद भट्ट/कञ्चनपुर – बेलडाँडी गाउपालिका कार्यालयको सुविधा सम्पन्न नव निर्मित भवनलाई एक औपचारिक कार्यक्रमका माझ नेपाल सरकारका खानेपानी मन्त्री विना मगरले उद्धघाटन गर्नु भएको छ । गाउँपालिकाको प्राङ्गणमा एक कार्यक्रमका माझ विहिबार भव्य रुपमा मन्त्री मगरबाट रिवन काटेर नव निर्मित भवनको उद्धघाटन गरिएको हो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री विना मगर रहनु भएको थियो । भने विशिष्ट अतिथिमा प्रदेश सांसद तारालामा तामाङ्ग, कुलवीर चौधरी, संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट रहेका थिए । कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि मन्त्री मगरले जनताका हरेक समस्याका सवालमा आफु सदैभ रहेको भन्दै विकास निर्माण र जनजिविकाका सवालमा सबैले एक मत भएर लाग्नु पर्ने बताउनु भयो ।

यस्तै उहाँले “बेलडाँडीको मुख्य समस्याको रुपमा रहेको अव्यवस्थित बसोवास, सुकुम्बासि, भुमिहिन समस्या, आरक्ष पिडितका समस्या समाधानका लागि सरकारले कार्य गरी रहेकाले यो समस्या यसै सरकारले पुरा गर्ने कार्य तर्फ सरकार लागि सकेको समेत बताईन ।” भुमिहिन भएकालाई जग्गाको मालिक बनाउने सबालमा सरकारबाट आयोग गठन गरेर द्रुत गतिमा कार्य भईरहेकोले देसै भरीको समस्या हल गरिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
यस्तै बेलडाँडीको मुख्य समस्याको रुपमा रहेको सिमसारको समस्यालाई पनी सामाधान गर्ने कार्य तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउदै अध्यन गरेर उचित योजना बनाएर हल गरिने बताउनु भयो ।

कार्यक्रममा सव ईन्जिनियर तेज बहादुर सुनारले भवनको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा कुल रकम ६ करोड ७३ लाख ३२ हजार ४ सय ६० रुपयाँ ७३ पैसामा सम्पन्न भएको सुविधा युक्त भवन मिति २० ७४ जेष्ठ २० गते देखि निर्माण कार्य शुरु भई २०७७÷०७८ असोज महिनामा निर्माण कार्य पुरा भएको थियो । साढे चार तला भएको भवनमा ३२ कोठा र लिप्ट समेत रहेको छ ।

गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भने वडा नम्बर १ का वडा सदस्य शंकर भट्टले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, तिन वटै सुरक्षा निकायका प्रमुख, निर्वाचित पदाधिकारी, नेकपाका नेता कार्यकर्ता, कर्मचारी, लगायत पत्रकार, र स्थानिय बासिन्दाहरको सहभागिता रहेको थियो ।

