बेलौरी न.पा.- ७ नम्बर वडा कार्यालयको भवन उद्घाटन

समाचार

बेलाैरी -कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका विच नवनिर्मित वडा भवनको मेयर पोतिलाल चौधरीले उद्घाटन गरेका छन् ।

भवनको उद्घाटन गर्दै मेयर चौधरीले सिहदरबारको अधिकार गाँउ गाँउमा पुर्याउने उदेश्यका साथ नगरपालिकाले सबै वडा भवन बनाउने बताए । उनका अनुसार १, ३, ५ दशैँ, तिहार लगत्तै शुरु हुनेछन् ।No description available.‘अब जनताले वडाबाटै सबै सुविधा पाउँछन, ‘मेयर चौधरीले भने, ‘सामान्य कामका लागि वडा धाँउनु पर्दैन ।’ बेलौरी नगरपालिका कार्यालयका कम्प्युटर अपरेटर अशोक पाण्डेयले मेयर चौधरीले उद्घाटन गरेको कार्यक्रमको सभापतित्व वडाध्यक्ष प्रकाश श्रेष्ठले गरेको बताए ।No description available.कार्यक्रममा उपमेयर चित्रा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेम प्रशाद चौधरी, कर्मचारी, जनप्रतिनिधी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो । एक करोड १५ लाख लागत स्टमेट भएपनि ६४ लाखमा लटैनाथ निर्माण सेवाले सम्झौता गरेको थियो ।No description available.निर्माण व्यवसायी कालुसिह विष्टले समय अवागै काम गरेको भन्दै उनलाई सम्मान सहित पुरस्कार दिईएको थियो । वडाध्यक्ष प्रकाश श्रेष्ठले वडा भवन निर्माणसगै जनतालाई वडाबाटै सम्पूर्ण सेवा विस्तार गरिने बताए । उनले दशैँ लगतै नवनिर्मित भवनबाटै काम गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *