असई बिक र जवान साउँदको हत्याकाे अाराेपमा प्रहरीद्वारा ७ जना सार्वजनिक

समाचार

असई बिक र जवान साउँदको हत्या गर्नेलाई प्रहरीद्वारा सार्वजनिक

कैलाली- प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा अहिले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।

हत्याको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र वडा नम्बर ११ का गोपाल भन्ने रामगोपाल राना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *