असई गोविन्द विकको हत्या प्रकरणमा १३ जनालाई पक्राउ

समाचार

कैलाली– कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरेकाे छ ।

आइतबार ११ जना सहित थप २ जनामाथि आशङ्का लागेपछि अनुसन्धानका लागी पक्राउ गरेर नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको हो। तर प्रहरीले उनीहरूको नाम भने खुलाउन मानेको छैन।

शनिवार साँझ नियमित गस्तीमा निस्केका बेला बेपत्ता भएका प्रहरी सहायक निरीक्षक बिक नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाँटी रेटिएको अवस्थामा आइतबार बिहान मृत फेला फेला परेका थिए।

विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो भने विकसँग रहेको हतियार अझै फेला नपरेको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

विकको जुगेडा क्षेत्रमा चोरी तस्करीमा संलग्न गिरोहले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ। बिक सँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको प्रहरी नायव उपरीक्षक एवं डिएसपी प्रतीक विष्टले बताए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *