डा. केसीसँग तत्काल वार्ता गरेर अनसन तोडाउन सरकारलाई सर्वत्र दवाव

समाचार

काठमाडौं – अनसनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गरेर उहाँको अनसन तोडाउन सरकारलाई सर्वत्र दवाव बढेको छ । विषेश गरेर सामाजिक अगुवा तथा विभिन्न सार्वजनिक संघ संगठनहरुले उहाँसँग तत्काल वार्ता गरी उहाँको जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन् ।

डा केसी अनसन बसेको २४ दिन भएको छ भने सर्वत्र दवावपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिन थाल्नु भएको जनाइएको छ । नेकपा सचिवालयको बैठकमा समेत अधिकांश नेताहरुले डा केसीको बारेमा चासो राखेपछि प्रधानमन्त्री ओली थप बाध्य हुनुभएको हो ।
यसअघि प्रधानमन्त्री ओलीले डा केसीप्रति नकारात्मक टिप्पणी गर्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *