कञ्चनपुर – बेलौरी नगरपालिकाले वडासंग समन्वय नगरी होम क्वारेन्टीनमा नबस्न आग्रह गरेको छ । अहिले भारत लगायत तेस्रो मुलुकबाट आएकाहरु धमाधम वडासंग समन्वय नै नगरि होम क्वारेन्टीनमा बस्न थालेको भन्दै नगरपालिकाले त्यसो नगर्न आग्रह गरेको छ ।
मंगलबार बेलौरी नगरपालिकाले सार्वजनिक गरेको कोडिभ १९ रिर्पोटमा वडा कार्यालयसंग समन्वय नगरिकनै होम क्वारेन्टीनमा बसिरहेको जनाएको छ ।
बेलौरी नगरपालिका कोडिभ १९ संयोजक मान बहादुर चन्दले समन्वय नै नगरि घरमा बस्दा जोखिम बढ्ने भएकाले अनिवार्य होम क्वारेन्टीनको फारम भर्न समेत आग्रह गरेका छन् ।आफुखुसी होम क्वारेन्टीन बस्नेहरुको पिसिआर निःशुल्क परीक्षण गर्न नसकिने जनाईएको छ ।
भने प्रकृयागत रुपमा होम क्वारेन्टीन बसेर कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरिएको छ ।बेलौरीमा ८ सय ९३ परीक्षण मध्ये ८ सय २८ को नेगेभिट र ६५ जनामाा मात्रै कोरोना देखिएको छ ।
अधिकाँस सबै निको भईसेका छन् । आईसोलेशनमा ५ जना बाहेक सबै निको भएर घर गएका छन् ।भने २५ जना क्वारेन्टीनमा रहेका छन् । बेलौरी नगरपालिका कोरोना रोकथामको अग्रमोर्चामा रहेकाले कोरोना महामारीको शिकार बनेका छैनन् ।

