कञ्चनपुर- बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिए पछि बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्र ३ दिनका लागि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।
बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रकै स्वास्थ्यकर्मीमा कोरोना देखिए पछि बेलडाँडीले सावधानी अपनाउदै २२ गते सम्मका लागि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको बेलडाँडी गाउँपालिका -२ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज खातीले जानकारी गराउनु भयो ।
वहाँका अनुसार अहिले तत्काल बेलडाँडीमा ४ जनामा कोरोना संक्रमण रहेको जनाइएको छ । यो भन्दा पहिलाका तीन जनामा देखिएको थियो । कुनै लक्ष्यण नदेखिएकाहरूलाई होम क्वारेन्टाइनमा बस्न पठाईएकाे उहाँले बताए । कोरोना संक्रमण बढ्दै गएपछि नागरिकहरुमा डर त्रास समेत हट्दै गएको छ ।

