नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्दै

समाचार
काठमाडौं – प्रतिपक्षी नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्न लागेको छ। भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा ‘कोरोना संक्रमणको सन्दर्भ: सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयकमा नेता/कार्यकर्तासँग छलफल गर्न लागिएको कांग्रेसले जनाएको छ।

बिपीको १०७ औं जन्मजयन्तीको अवसरमा कांग्रेसले एक साताव्यापी कार्यक्रम तय गरेको हो। उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।

प्रदेश नम्बर १ मा भदौ २७ गते, प्रदेश नम्बर २ मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते, गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश नम्बर ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते र सुदुरपश्चिम प्रदेशमा असोज २ गते कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो। सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रणबारे सरकारले गरिरहेका कामकारबाहीको कांग्रेसले अनुगमन गर्दै सुझावसमेत दिने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *