बेलौरीमा लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

Uncategorized समाचार

रमेश प्रसाद भट्ट/ बेलौरी – बेलौरीमा लागु औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर -४ बस्ने बर्ष ३० का शेर बहादुर चन्द र शान्तिपुरका ४० बर्षिया मनोज विष्टलाई १९.२६ लागु औषध ब्राउन सुगर सहित बेलौरी प्रहरीले पक्राउ गरेको हो ।

विहिबार विहान भातिय प्लेट यूपि ३१ ए १३८११ नम्बरको मोटर साईकलमा सवार चन्द र विष्टले १९.२६ ग्राम लागु औषध ब्राउन सुगरलाई हेलमेडमा लुकाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रण बहादुर चन्दले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार शेर बहादुर चन्दले मोटर साईकल चलाई रहेको र मनोज विष्ट पछाडी बसेको अवस्थामा विषेश सुचनाको आधारमा चेक चाँज गर्दा हेलमेड भित्र थाहा नहुने गरी लुकाएको अवस्थामा ब्राउन सुगर सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलोरीमा राखिएको प्रहरी निरिक्ष चन्दले बताए ।

सिमावर्ती भारतिय बजारमा रहेको सरदार डाक्टरबाट किनेर ल्याई नेपाल ओसार गरी बेचिदीए बाफत एक ग्रामको दुई हजार कमिशन पाउने गरेको तिनीहरले प्रहरी समक्षको बयानमा बताएको प्रहरी निरिक्षक चन्दले जानकारी दिनु भयो ।

पक्राउ परेका दुवै जनालाई लागु औषध ओसार पसारमा संग्लनमा मुद्धा चलाईने उनले बताए । पछिल्लो समयमा जिल्लाको दक्षिणि भेगका खुला सिमा नाकाहरुमा लागु औषध ओसार पसारका घटनाहरु दिन प्रतिदिन बृद्धि हुदै गईरहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *