बेलौरीबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

समाचार

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । साेमबार बेलुका सीमावर्ती क्षेत्रबाट नेपाल सशस्त्र प्रहरीकाे गस्ती टोलीले १ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीरेन्द्र बहादुर ऐरले बताए ।

पक्राउ पर्नेमा कञ्चनपुरको वेदकोट नगरपालिका–९ का २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी प्रमुख ऐरले जनाए ।

सीमा सुरक्षा बोर्डर आउटपोष्ट बेलाैरी १० भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापा नेतृत्वमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । पक्राउ परेका डगाैरा र रानालाई थप अनुसन्धान गरी कानुन बमोजिम कार्वाही गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *