गौरा पर्व को प्रमुख दिन आज, अठवाली पर्व मनाईदै

समाचार

डिल्लीराज पन्त/कञ्चनपुर-  सुदुरपश्चिमेली हरुको महान चाड गौरा पर्व को आज प्रमुख दिन गौराष्टमी अर्थात अठेवाली पर्व मनाईदै छ । गौरा देवीलाई मठ मन्दिर तथा घर भित्र वाट वाहिर ल्याई गौरी तथा शिव अर्थात उमा महेश्वरकोे पुजा अर्चना गर्दे घर घरमै धुमधाम संग अठेवाली पर्व मनाईदै छ ।
सुदुरपश्चिम प्रदेशमा धुमधामका साथ मनाईने गौरा पर्वको आज प्रमुख दिन अर्थात अठेवाली मनाउदै बर्तालु महिलाहरु गौरा देवी को पुजा गरीरहेका छन । आज विहानै ब्रतालु महिलाहरुले न्वाईध्वाई गरी गौरा खलामा गई गौरा देविलाई बाहिर ल्याएर उमा महेश्वरको पुजा अर्चना गरेपछि सप्तमीको दिन गौरा देविमा आफुले चढाएका दुब धागो लाई निकालेर गलामा लगाउने गर्दछन ।

अमर–अटलको प्रतिक दुवोको समेत पुजा गरीने भएकाले आजकै दिनलाई दुर्वाष्टमी पनि भन्ने चलन छ ।

सप्तमीका दिन शुद्ध काँसले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको बनाईएको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन । यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन जसलाई (फाग वा शगुन) भन्ने गरन्छि ।

दिनभरीको उमा महेशवरको पुजा अर्चना गरिसकेपछि गौरापर्व थालनी गरीएका दिनमा भिजाएका पञ्चअन्न –विरुडा) लार्ई बाडेर ब्रत वसेका महिलाहरुले आ–आफ्ना घर लैजाने र विरुडा केहि भागले घर परिवार का सदस्यलाई पुज्ने र वाकि रहेको बिरुडा लाई भुटेर प्रसादको रुपमा खाने गर्दछन ।

गौरा विसर्जन नगरीए सम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनीक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टा छुट्रटै रुपमा गोलवद्ध भई स्थानिय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्दै गौरा पर्व मनाउने गरिए पनी यस वर्ष कोरोना महामारीका कारण गौरा पर्वको रौनकतामा कमि आएको को पण्डित सन्तराज पन्त बताउनुहुन्छ ।

यो पर्वको थालनी भाद्र पञ्चमीका दिन महिलाहरुले गहु, केराऊ,गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई भिजाएर हुने भएपनी समापनको भने निश्चित तिथि भएको पाईदैन ।

सामान्यतया गौरा पर्व एक साता सम्म मनाइने गरीन्छ । यस्ताखाले मौलिक तथा परम्परागत पर्वहरुलाई संरक्षण र सम्वर्धन गर्नकालागी भावि पुस्ताहरुले समेत लाग्नुपर्ने जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *