कञ्चनपुरमा आज राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा,के गर्न पाईने के नपाईने पुरा

समाचार

कञ्चनपुर/रमेश प्रसाद भट्ट – कञ्चनपुरमा आज राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा लागु हुने भएको छ । विहिबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकले गरेको सिफारिसको आधारमा संक्रामक रोग र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम आज राति १२ बजेदेखि १४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

आज मध्यराति देखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न भने पाईने छैन्।  जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाईने छैन् ,भने अनुमति आवश्यक नपर्ने अतिआवश्यकीय वस्तु तथा सेवा अन्तरगत औषधीु, ईन्धन, खाना पकाउने ग्याँस, खाद्यान्न, तरकारी, फलफूल, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने विरामी, मृत्यु संस्कारमा प्रयोग हुने सवारी साधन लगायत निर्वाध रुपमा खुला रहनेछन् ।

कुनै पनी मेला, पर्व, महोत्सव, जात्रा सञ्चालन गर्न, मानीसहरु भेला जमघट हुन, भिडभाड गर्न। सभा जुलुस गर्न भने पुर्ण रुपमा निषेध गरीएको छ ।

शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन्।

बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ। कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्युनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोट सहितको परिचय पत्रको आधारमा विहान ९ ३०बजे देखि साझ ५ ३० बजे सम्म सवारी साधान चल्न दिईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *