ट्रम्पले गरे ओबामा र बाइडेनको आलोचना

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पूर्व राष्ट्रपति बाराक ओबामा र आगामी अमेरिकी राष्ट्रपतिका प्रत्यासी जो बाइडनको तीखो आलोचना गरेका छन्।

उनलाई बाराक ओबामाले एक सम्मेलनमा गरेको भाषणका केही अंशहरुबारेमा सोधिएको थियो, यसमा ओबामाले ट्रम्पको आलोचना गरेका थिए र यसैलाई लक्षित गरी राष्ट्रपति ट्रम्पले आफ्नो पूर्ववर्तीका लागि तिखो टिप्पणी गरेका छन्।

‘मैले उसले छोडेको डरलाग्दो दृश्य देख्छु, उनले मुर्खताको लेनदेन गरे’ ट्रम्पले भने, ‘उनी ‘यति अप्रभावी र आपत्तिजनक’ थिए। उनले राम्रो काम गरेनन्, यसैको परिणामस्वरुप म राष्ट्रपति भएको हुँ। जो बाइडेन र ओबामाले राम्रो काम गरेको भए म यहाँ हुँदैनथे।’

ट्रम्पले थपे – ‘म अब आउने मेरो समयमा धेरै खुशी हुनेछु, उनीहरूले यस्तो खराब काम गरे, जसले गर्दा म तपाईहरूको अगाडि राष्ट्रपति भएको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *