बेलौरी खाती दम्पती हत्या काण्ड : बोक्सिको आरोपमा चार लाखमा हत्या भएको खुलासा, ४ जना पक्राउ

समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर – बोक्सिको आरोपमा बेलौरीका खाती दम्पती हत्या काण्ड चार लाखमा भएको खुलासा भएको छ ।  सोमबार हत्याको आरोपमा पक्राउ परेका चार जनालाई कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको हो । धारिलो हतियार प्रहार गरी यहि श्रावण १६ गते बेलौरी नगरपालिका वडा नम्बर- ७ भगतपुरका दम्पती ७० बर्षिया घनश्याम खाती र उनका ६८ बर्षिया श्रीमती बेली देवि खातीको हत्या गरीएको थियो । बोक्सिको आरोपमा सो घटना छिमिकी प्रकाश ऐरले चार लाख रुपयाँ दिएर हत्या गराएको प्रहरीले बताएको छ ।

१६ गते राति करिब १ बजेतिर घरमा दुवै दम्पतीलाई धारिलो हतियार प्रहार गरीएको थियो । धारिलो हतियार प्रहारबाट बेली देवि खातीको सोही राती घटना स्थल घरमै मृत्यु भएको थियो, भने श्रीमान घनश्यामको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा २५ गते मृत्यु भएको थियो । हत्याको आरोपमा पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर- ७ भगतपुरका छिमेकी अन्दाजी ५३ बर्षिया प्रकाश ऐर, सोहि ठाउँका ३५ बर्षिया दिनेश राना, बेलौरी ६ हात्तीभोझाका ३६ बर्षिया होरी राना र कृष्णपुर नगरपालिका -२ बस्ने ४५ बर्षिया रबी राना रहेका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा मृतक घनश्यामका छोरा राजेश खातीलाई नियन्त्रणमा लिएको थियो । तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता नदेखिएपछि उनलाई छोडिएको थियो ।

बोक्सीको आरोपमा श्रीमान् श्रीमतीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । छिमेकी प्रकाश ऐरले बोक्सिको आरोपमा खाती दम्पतीलाई चार लाखमा मार्ने लगाएको समेत प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

प्रकाशले घनश्याम खातीलाई बोक्सि आरोप लगाएको विषयमा आपसमा रिसिबी रहेको थियो । सोही रिसिबीले खाती दम्पतीलाई मार्न कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने भर्रा भनीने रबी रानालाई चार लाख रुपयाँ दिएको खुल्न आएको छ । सोही राति दिनेश राना र होरी रानाले मृतक घनश्यामका छोरा राजेश खातीलाई मदिरा सेवन गराई घरमा जान नदिएको र घटना घटी सकेपछि दिनेश रानाले राजेशलाई घरमा पुर्याई फिर्ता भएको समेत प्रहरी अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।

रबी रानाको साथबाट घरमा लुकाई राखेको अवस्थामा नगद एक लाख ५० हजार र मोवाईल सेट बरामद् गरी प्रहरीले सार्वजनीक गरेको छ  । साथै घटनामा प्रयोग भएका दुईवटा मोटर साईकल समेत बरामद् गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *