भारतबाट फर्किएका नागरिकलाई नगरपालिकामा राखेपछि कर्मचारी आन्दोलित

समाचार

झलारी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट आएका नागरिकलाई राखेपछि कर्मचारीहरु आन्दोलित भएका छन्। कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेको अवस्थामा नगरपालिकाको सभाहलमा ११ जनालाई राखेपछि जोखिम बढेको भन्दै आइतबार कर्मचारीहरु आन्दोलित भएका हुन्।

कर्मचारीहरुले असुरक्षा बढेको भन्दै सेवा दिन नमानेपछि सेवाग्राही मर्कामा परेका छन्। शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले नगरको सभाहलमा भारतबाट आएकाहरुलाई चेकजाँच बिना राखेकोले सेवाग्राही तथा कर्मचारी असुरक्षित भएको बताए।

तर नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंहले शनिवार राती साढे १२ बजे नगरभित्रका नागरिकहरु बजारमा पुगेपछि आपतकालीन अवस्थामा नगरपालिकाको सभाहलमा राखिएको बताए। आज सबैको चेकजाँच गरि उचित व्यवस्थापन गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *