भारतका गृहमन्त्रीलाई पनि काेराेना संक्रमण पुष्टि

अन्तर्राष्ट्रिय

काठमाडाैं  – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ। कोरोनाका प्रारम्भिक लक्षणका आधारमा परीक्षण गर्दा नजिता पोजेटिभ आएको उनले आफ्नो ट्वीटरमा लेखेर जानकारी दिएका छन्। उनले आफ्नो स्वास्थ्य ठिक भएको पनि उल्लेख गरेका छन्।

पछिल्लो समय उनको सम्पर्कमा आएकाहरुलाई पनि परीक्षण गर्न अनुरोध गरेका छन्।  यस अघि आज मात्रै भारतकी एक मन्त्रीको कोरोनाका कारण निधन भएको थियो।   संक्रमणका कारण उत्तर प्रदेश  प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको थियो।

उनलाई  गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो।  तर उपचारकै क्रममा आइतबार बिहान निधन भएको हो।  उनी मेदान्त अस्पतालमा भर्ना भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *