सोमबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

समाचार

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले श्रावण १९ गते सोमबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । सोमबार रक्षाबन्धनको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यसअघि बसेको  प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा रक्षाबन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सार्वजनिक विदा दिन लागिएको हो। प्रत्येक वर्ष रक्षाबन्धनमा सार्वजनिक विदा दिँदै आएको सरकारले यसवर्ष पनि सार्वजनिक विदा दिएको हो।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षाबन्धन मनाउन प्रदेश सरकारले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *