कञ्चनपुर : भीमदत्त पन्तको ६७औँ स्मृती दिवस मनाईयो

समाचार

कञ्चनपुर – किसान नेता भीमदत्त पन्तको ६७औँ स्मृती दिवस भीमदत्तनगरपालिका स्थित वडा नं. १८ मा रहको भीमदत्त पन्त स्मृति उद्यान तथा भीनपा ४ मा रहेको भीमदत्त प्रतिष्ठानमा विभिन्न कार्यक्रम गरी कञ्चनपुरमा पनी मनाईएको छ । शनिवार सहिद पन्तको ६७ औं स्मति दिवसका असवरमा भीमदत्त अमर सहिद प्रतिष्ठान कंचनपुरले एक विशेष समारोहको आयोजना गर्दै पन्तको सालिकमा माल्यार्पण तथा श्रद्धासुमन प्रकट गदै स्मीती दिवस मनाईएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले किसान नेता पन्तको परिवर्तन ल्याउनमा अतुलनीय योगदान रहेको कुरा उल्लेख गर्नु भयो । उहाँका अनुसार अहिलेको सरकाले सबै क्षेत्र वर्गलाई समेटदै जनता र देशको पक्षमा काम गरिरहेको बताउदै अबको क्रान्ति भनेको सबै जनताको प्रगति र समृद्धि तिर उन्मुख हुने धारणा राख्नु भयो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त संग्राहलय निर्माण गर्ने योजनामा नगरपालिका कटिबद्ध भएर लाग्ने बताए । नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकाले भीमदत्त पन्त सबैका लागि सम्मानका पात्र भएको वताए ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभासदस्य लाल बहादुर खड्का, महेशदत्त जोशी र मानबहादुर सुनार,नगर प्रमुख सुरेन्द्र विष्ट लगायत भीमदत्त अमर सहिद प्रतिष्ठानका पदाधिकारी सहिदको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *