कञ्चनपुर- कञ्चनपुरमा नदीमा डुबेर दुई बर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर २ का सुरेन्द्र थापाकी दुई बर्षीया छोरी मुस्कान थापाको बन्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए।
बालिकाका आमाबुवा सुतिरहेका बेला घर नजिकै रहेको बन्दा नदीमा खेल्न जाँदा मंगलवार साँझ नदीमा डुबेर मृत्यु भएको उनले बताए।

