धानमा डडुवा रोग लाग्दा बेलडाँडीका किसान चिन्तीत, आवश्यक मलखादको चरम अभाव

समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउपालिकाका किसानहरु धानमा डडुवा रोग लागेपछि चिन्तीत बनेका छन् । समयमा आवश्यक मलखादको चरम अभाव भएपछि धानमा डडुवा रोग लागेको यसले आफुहरु निकै चिन्तीत बनेको स्थानीय किसानहरले बताएका छन् ।

बेलडाँडी गाउपालिका वडा नम्बर ५ का स्थानीय किसान दशरथ रानाले भने “मैले ४ विगाहा क्षेत्रफलमा धान खेती गरेको छु, तर अझै पनि मलखाद नपाए यस्तै हो, भने मेरो धान पुरै मर्ने देखिन्छ उनले भने ।” उहाँले भने हामि किसान मल खादको चरम अभावले निकै मार्कामा परेको र मल सहज गर्न स्थानिय सरकारले समेत खासै चासो नदेखाएको गुनासो गरे । उहाँका अनुसार सक्ने कसै -कसैले लुकिछिपि सिमावर्ती भारतबाट ल्याएर विषादी हालेका छन, तर आफुले भने मल खाद नपाउदा धानमा पुरै डडुवा रोग लागेको बताए ।

यस्तै बेलडाँडीका अर्का किसान नाथुराम रानाका अनुसार धानमा रोग लाग्दा पुरै धाननै सखाप हुने डरले आफु निकै चिन्तीत बनेको बताए । उनले भने “अहिले विगतका बर्षहरुमा खाद, जिकं र सल्फर लगायतका विषादी प्रयोग गथ्र्यौ तर अहिले बजारमा विषादीको अभाव भएपछि धानमा डडुवा रोगले सताएको बताउनु भयो ।” उहाँका अनुसार आफुले करिब ३ विगाहामा लगाएको धानमा पुरै जसो डडुवा रोग लागेर धानका पात पहेलो -पहेलो खौरो पात भएको बताए ।

यता बेलडाँडी गाउपालिका कृषी शाखाका अनुसार किसानहरुको समस्यालाई मध्य नजर गदै विषादी खरिदका प्रक्रियामा लागेको बेलडाँडी गाउपालिका कृषि शाखाका प्रमुख धन बहादुर खडकाले बताउनु भयो । उनले भने “लकडाउनका कारण र रकम निकासा नभएका कारण विषादी खरिद कार्यमा केहि ढिलाई हुन गएको र अब छिट्टै किसानलाई सहज रुपमा विषादी उपलब्ध गराईने बताउनु भयो ।” अहिले बेलडाँडीका ५ वटै वडामा धानमा डडुवा रोग लाग्दा किसानलाई समस्या परेको वास्ताविक भएको धारण राखे । उनले भने डडुवा रोग नष्ट गर्न मनको जेड फंगीसाईड नामक विषदी आवश्यक पर्ने भएकाले आफुले खरिद प्रक्रिया अगाडी बढाई सकेको हुनाले किसानहरुलाई समस्या नपर्ने जानकारी दिनु भयो ।

कृषि शाखा प्रमुख खडकाका अनुसार हाल बेलडाँडी गाउपालिका भित्र करिब ३ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान खेति गरीएकोमा अधिकाशं जसोमा डडुवा रोग लागेको बताउनु भयो । अहिले बजेट निकासा भैनसकेता पनि पछि भुक्तानी गर्ने हिसाबले विषादी खरिद गर्ने कार्य अघि बढेको जसमा विषादी खरिदका लागि भनेर मात्र १ लाख ८० हजार रुपयाँ बजेट समेत विनियोजन गरिएको बताए ।

यसरी कृषि प्रधान देशको रुपमा नेपाललाई परिभाषि गरेता पनी सरकारले कृषि क्षेत्रमा निकै वेवास्ता गरेको देखिन्छ । कृषि क्षेत्रको प्रवद्र्धनका लागि निकै ठुलो बजेट छुट्याईएको पाईन्छ तर कृषकलाई समयमा विउ विजन, मल, खाल, लागायत विषादीको अभावले किसानहरुले बर्षेनी धेरै क्षति व्यहोर्नु गर्ने बाध्यता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *