नेपालमा काेराेनाबाट थप एक जनाकाे मृत्यु

समाचार

काठमाण्डाै – नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएकाे छ । बझाङकाे बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय पुरुषको गएको ९ गते ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दम रोग भएका उनी गएको असार १४ गते भारतको बैङ्ग्लोरबाट बझाङ फर्किएका थिए ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *