कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि आक्रमण भएको छ। विवाद सृजना भएपछि आज विहान ११ बजेतिर नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका युवाहरुले वडा कार्यालयमा तोडफोड गर्दै आफूमाथि आक्रमण गरेको अध्यक्ष महराले बताए।
यता ठगुन्नाले भने छलफलका लागि वडामा जाँदा अध्यक्ष महराले दुर्व्यवहार गर्दै आफूलाई डस्टर प्रहार गरेकोले आफूले पनि हातपात गरेको बताएका छन्। यस्तै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताए।

