कञ्चनपुर – नेपाली काँग्रेसले कञ्चनपुरमा ३८ औं बिपि स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला बिपि को ३८ औं स्मृति दिवसको अवसर पारेर कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा नेता दिवानसिंह बिष्टले ३३ जना नेकपाका कार्यकर्ता काँग्रेसमा भित्र्याएका छन् ।
मंगलबार कञ्चनपुको ‘क’ गाउँ स्थित सामुदायिक वनको सभाकक्षमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिका ७ च गाउँका ३३ जना नेकपाका युवा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए ।
सोमबार नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका बुद्धिमान तामाङ , एलिया तामाङ , रमेश तामाङ र प्रकाश तामाङको सक्रियतामा उनिहरुलाई पार्टीमा प्रवेश गराइएको सभापती उपाध्यायले बताए ।

जन नायक बिपि कोइरालाले स्थापित गरेको मूल्य मान्यता , सिद्धान्त र समाजवादी पार्टी भए पनि कञ्चनपुरको यस क्षेत्रमा दलित , अल्पसंख्यक र जनजाती तामाङ समुदायमा पार्टीको पकड कमजोर रहेको बेलामा क्षेत्रमा पार्टी सुदृढीकरण अभियान बिस्तार गरे संगै अहिले पार्टी सबै तह र तप्काका समुदायको रोजाइ बन्दै गएको काँग्रेस नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले बताए । यस्तै जिल्ला सदस्य जनक सिह धामिले कार्यक्रममा बोल्दै अबको काग्रेस नयाँ युग र जनचाहाना बमोजिम सबै क्षेत्र, वर्ग, जातजाति लगायत संग आपसी सद्भावका साथ राजनैतिक दृष्टिकोणका साथ अगाड बढने बताउनु भयो ।

उहाँले भने काग्रेस हिजो दिनमा पनी सबै संग हातेमालो गरेर अगाडी बढेको र अहिले नयाँ सोच र जागरका साथ जाने बताउनु भयो ।जननायक बिपि कोइरालाले स्थापित गरेको पार्टी नेपाली काँग्रेस समावेशी सिद्धान्तमा चलेको पुरानो पार्टी भएको नेता बिष्टले बताए ।पार्टीमा सबै कार्यकर्तामा समान व्यवहार गरिने कसैलाई भेदभाव नगरी पार्टी सुदृढीकरणमा लागिने नेता बिष्टले बताए ।

जन नायक कोइरालाको ३८ औं स्मृति सभाका अबसरमा नेपाली काँग्रेसले जनजागरण सामुदायिक वनमा बृक्षारोपण समेत गरेको थियो । यम प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिवान सिह विष्ट प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला उप सभापति बन्धु राना, जिल्ला सह सचिव, महासमिति सदस्य एवं स्कुल अफ डेमोक्रेसीका जिल्ला अध्यक्ष पुष्कल चौधरी, जिल्ला सदस्य जनक सिह धामि लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ता र समर्थकको उल्लेख्य सहभागिता रहेको थियो । मंगलबार कञ्चनपुर जिल्ला भरी लगायत दक्षिणि क्षेत्र बेलडाँडी , बेलौरी, पुनर्वास क्षेत्रमा विभिन्न कार्यक्रम गरी विपि स्मृति दिवस मनाएको नेपाली काग्रेस जिल्ला सदस्य जनक सिह धामिले बताउनु भयो ।


