घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

समाचार

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ। नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो। घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको अवस्थामा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए।

आगलागी कस्ले गर्यो र किन गर्यो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *