कञ्चनपुरमा सर्पले टोक्दा महिलाको मृत्यु

समाचार

कञ्चनपुर-  कञ्चनपुरमा सर्पले टोक्दा महिलाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ को पशुपती टोलमा सर्पले टोक्दा ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सर्पले टोकेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी लैजादै गर्दा भट्टको मृत्यु भएको बताए। उनका अनुसार आज बिहान भुसा निकाल्ने क्रममा भट्टलाई सर्पले टोकेको थियो।

स्थानीयले सर्पलाई समेत मारेको बुझिएको प्रहरीले जनाएको छ। मृतकका शव अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *