सुदूरपश्चिमका मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका बम सेनाबाट डिस्पोज

समाचार

धनगढी -सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो।

ती बम नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ। हाल त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। आज विप्लब नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्दको घोषणा गरेको छ। उसले आफ्ना सुदूरपश्चिम प्रदेश इन्चार्जसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग सहित बन्द आव्हान गरेको हो।

यस्तै लम्कीचुहानगरपालिकाको कार्यालय नजिक राखेको शंकास्पद वस्तुलाई पनि डिस्पोज गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *